रक्की भाईको रावण अवतार



भारतीय चलचित्र निर्माता नितेश तिवारी केही समययता रामायणमा आधारित पौराणिक चलचित्र बनाउने तयारीमा छन् । यो चलचित्रको स्क्रिप्ट तयार भइसकेको छ, जसमा रावणको भूमिकाका लागि ऋतिक रोशनलाई अप्रोच गरिएको खबर थियो । तर यसमा ऋतिक रोशन नभई केजीएफ स्टार यशले रावणको नेगेटिभ भूमिका निभाउनेछन् ।

भारतीय मिडियाहरुका अनुसार ऋतिकले यो चलचित्र अस्विकार गरेका छन्। बताइए अनुसार ऋतिक अब नकारात्मक भूमिका खेल्न चाहँदैनन्। यसअघि रिलिज भएको चलचित्र विक्रम वेधामा ऋतिकले नकारात्मक भूमिका खेलेका थिए र अब उनी अर्को नकारात्मक भूमिका खेल्न चाहँदैनन् ।

ऋतिक रोशनले प्रस्ताव अस्वीकार गरेपछि, निर्देशक तिवारी र निर्माता मधु मन्टेनाले केजीएफ स्टार यशलाई प्रस्ताव गरेका थिए। यसको स्क्रिप्ट पनि यशको हातमा पुगिसकेको र उनले सकारात्मक संकेत गरेको बताइएको छ।

रामको भूमिकामा रणवीर कपुर !
ऋतिक रोशनसँगै रणवीर कपूरलाई पनि यो चलचित्रको अफर गरिएको छ । भगवान श्रीरामको भूमिकाका लागि रणवीरलाई अप्रोच गरिएको हो। यस बिषयमा उनको तर्फबाट कुनै पुष्टि भएको छैन।

तिवारी र मधुले सन् २०१९ मा यो चलचित्रको औपचारिक घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu