‘अझै पनि’ मुख्य अभिनेता सुदर्शन थापा घोषणा



Sudarshan-thapa[dropcap]‘मे[/dropcap]रा एउटा साथी छ’, ‘के यो माया हो’, ‘मेरो लभस्टोरी’, ‘धन्दा’ र ‘मधुमास’ गरी पाँच चलचित्र निर्देशन गरिसकेका निर्देशक सुर्दशन थापा चलचित्र ‘अझै पनि’का प्रमुख अभिनेता रहने घोषणा गरिएको छ। ‘अझै पनि’को फेसबुक पेज मार्फत यो चलचित्रका निर्माता समेत रहेका थापा चलचित्रको प्रमुख पात्र रहेको जनाईएको छ।

चर्चित टिभि सिरियल ‘दलन’मा मानव पात्रबाट निकै रुचाईएका कलाकार समेत रहेका थापाले निर्देशन गरेको टेलिचलचित्र ‘हाउस फुल’ले युवाहरुमाँझ लोकप्रियता समेत हासिल गरेको थियो। उनको पहिलो निर्देशकीय चलचित्र ‘मेरो एउटा साथी छ’ बाट नव निर्देशक तर्फको नेफ्टा अवार्ड बाट समेत उत्कृष्टता हासिल गरेका थिए।

आफु चर्चित निर्देशक भएता पनि उनले अर्का निर्देशक आलोक नेम्वाङ्गलाई चलचित्र निर्देशनको जिम्मा दिएका छन्। यो चलचित्र आउने बैशाख दोश्रो हप्ताबाट सुटिङमा जाने बताईएको छ।

लगानीमा सुदर्शनलाई फेसन डिजाईनर पुनम गौतमले साथ दिँदैछिन्। यो चलचित्र ‘अ सुदर्शन थापा प्रोडक्सन’ को ब्यानरमा तयार हुनेछ । चलचलित्रको कथा रामशरण पाठकले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu