‘छक्का पन्जा ४’ को गीत रिलिज, दिपक-दिपा, केदार देखि स्वस्तिमासम्मको नृत्य



काठमाडौँ ।
प्रतिक्षित चलचित्र ‘छक्का पन्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ। ‘दर्शन सलाम’ बोलको गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको आवाज रहेको छ । यसको भिडियोमा दिपकराज गिरि, दिपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे माग्नेबुढा, बुद्धि तामाङ्ग, राज आचार्य लगायतका कलाकारले नृत्य गरिरहेको राखिएको छ ।

यस गीतमा राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत रहेको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

यो चलचित्र हेमराज बिसीको निर्देशनमा रहेको चलचित्र फागुन १९ गतेबाट रिलिज हुदैछ। दिपकराज गिरिको कथा रहेको चलचित्र आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कार्यकारी निर्मातामा केदार घिमिरे माग्ने बुढा र निर्मल शर्मा रहेका छन् ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu