
काठमाडौँ।
नेपाली चलचित्रको लागि महत्वपूर्ण हुँदै गएका मध्यपूर्वका देशहरु युएई, ओमान, कतार र बहराइनमा नेपाली चलचित्र ‘ह्यारीकी प्यारी’ रिलिज हुने भएको छ।
भारतका चर्चित ‘केजीएफ’ र ‘आरआरआर’जस्ता चलचित्रहरु मध्यपूर्वमा वितरण गरेको कम्पनी छ । पार्स फिल्मको मोसन पिक्चर्स ट्रेन्डिङ एण्ड डिष्ट्रिब्युसन को (पीएचएफ)ले यो चलचित्र वितरण गर्दैछ।
जितु नेपाल र सम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो चलचित्र आगामी फाल्गुण ४ गतेदेखि ति देशहरुका २२ हलहरुमा चल्नेछ। नेपालमा भने यो चलचित्र यहि शुक्रबार रिलिज हुँदैछ ।