निर्माण नियन्त्रक जोशीसँग नायिका कार्कीको इन्गेजमेन्ट



काठमाडौँ।
नेपाली चलचित्र तथा म्यूजिक भिडियोकी अभिनेत्री जेबिका कार्कीले प्रेमी मनोज जोशीसँग इन्गेजमेन्ट गरेकी छन्।

विगत पाँच बर्षयता प्रेममा रहेका उनीहरुले बुधबार पेप्सिकोलस्थित कार्की निवासमा नजिकका आफन्त र साथीभाई साक्षी राखि इन्गेजमेन्ट गरेका हुन्। उनीहरुको विवाह आगामी फाल्गुण ४ गते र रिसेप्सन फाल्गुण ७ गते हुनेछ।

जोशी नेपाली चलचित्र, म्यूजिक भिडियो तथा विज्ञापनको छायांकन युनिटमा निर्माण नियन्त्रकको काम गर्छन। झन्डै एक दशक लामो समयदेखि जोशी नेपाली कला क्षेत्रमा कार्यरत छन्।

नायिका कार्कीले ‘हिजो आजका कुरा’, ‘जयश्री दाम’, ‘कारखाना’, ‘पर्व’, ‘जन्मभूमि’ लगायतका चलचित्रहरुमा काम गरेकी छन्। साथै उनले दर्जनौँ म्युजिक भिडियो र विज्ञापनमा पनि अभिनय गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu