चलचित्र ‘ह्यारीकी प्यारी’ रिलिज



काठमाडौँ।
नेपाली चलचित्र ‘ह्यारीकी प्यारी’ रिलिज भएको छ। देशभर रिलिज यो चलचित्रमा जितु नेपाल र सम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमूख अभिनय रहेको छ।

दन्त चिकित्सक डा. कपिल रिजाल निर्देशित यो चलचित्रमा जितु र साम्राज्ञीका अलावा बिजय बराल लगायतको प्रमुख अभिनय रहेको छ । बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अन्य कलाकारहरु लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको पनि अभिनय रहेको छ ।

डा. रिजालले लेखेको कथामा सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले संयुक्त पटकथा तथा संवाद लेखेका छन् । कपिल बरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजालका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu