गम्भीर मुद्दामा फसे बलिउड अभिनेता नवाजुद्दीन, श्रीमतीलाई खान नदिएको आरोप



बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ । यसैबीच, केही दिनअघि आलियाले नवाज र उनको परिवारविरुद्ध उजुरी दिएकी थिइन्, जसपछि मुम्बई अदालतले उनीहरुलाई नोटिस पठाएको छ ।

आलियाले केही दिन अघि आफ्ना वकिल रिजवान सिद्दीकी मार्फत वर्सोवा पुलिस स्टेशनमा उजुरी दिएकी थिइन्। उनले नवाजुद्दीन र उनको परिवारले धेरै दिनदेखि खान नदिएको बताएकी छन् । यससँगै उनलाई सुत्नका लागि ओछ्यान र नुहाउनको लागि बाथरुम पनि प्रयोग गर्न नदिएको आरोप छ। मुम्बईको अंधेरी अदालतले आलियाको उजुरीमा नवाजलाई नोटिस जारी गरेको हो।

नवाजको अंगरक्षकले समेत आलियालाई सताइरहेको बताईएको छ। यसबारे कुरा गर्दै आलियाका वकिलले भने, “आलिया उनको कानुनी रूपमा विवाहित पत्नी हुन् र उनी जताततै त्यही भन्छिन्। घरमा सीसीटीभी क्यामेरा जडान गरेपछि अहिले आलियालाई बाथरुम जानबाट रोक्ने अंगरक्षकहरू छन् । यस्तो अवस्थामा नवाज विरुद्ध घरेलु हिंसाको मुद्दा बनाइन्छ, किनभने आलियाले धेरै दिनदेखि खाना पाइरहेकी छैनन। आलियाको मानसिक, भावनात्मक, शारीरिक र आर्थिक शोषण भइरहेको छ ।”

वकिलले थपे, “नवाजुद्दीनका म्यानेजरले मेरो सूचना पाएका छन् र नवाजले पनि मेरो सूचना पाएका छन्, तर आजसम्म उनले मेरो सूचनाको जवाफ दिएका छैनन्।”

आलियाका वकिल रिजवानले केही दिन अघि एक अन्तर्वार्तामा भनेका थिए, “नवाजुद्दीन सिद्दीकी र उनको परिवारका सदस्यहरूले आलियालाई घरबाट निकाल्न हरसम्भव प्रयास गरेका छन् । उनले आलियालाई धेरै यातना दिए र उल्टै उनीविरुद्ध आपराधिक मुद्दा दायर गरे। त्यसपछि प्रहरीमार्फत उनले आलियालाई पक्राउ गर्ने र हरेक साँझ प्रहरी चौकीमा आउने धम्की दिएका छन्।”

रिजवान सिद्दिकीले थपे, “म प्रहरीको काम र व्यवहारलाई सीधै दोष दिन चाहन्न, तर तथ्य यो हो कि आलियाको अधिकारको रक्षा गर्न कोही पनि प्रहरी अधिकारी आएनन्, प्रहरी अधिकारीका अगाडि अपमानित मात्र भईन। यति मात्र होइन, नवाजुद्दीन सिद्दीकीसँगको उनको सम्बन्धलाई प्रहरी अधिकारीहरूका अगाडी मात्रै होइन कान्छो छोराको वैधानिकतामाथि पनि प्रश्न उठाइयो । यति हुँदा पनि प्रहरी अधिकारीहरूले लिखित उजुरीमा कारबाही गरेका छैनन्।”

मिडिया रिपोर्टका अनुसार आलिया र नवाजकी आमाबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो, जसका कारण यो मामिला प्रहरीसम्म पुग्यो । केही दिनअघि नवाजकी आमाले आलियाविरुद्ध उजुरी दिएकी थिइन् ।

  • दैनिक भास्करबाट
प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu