हसन खानसँग मिलेर ‘अलबिदा’ बनाउँदै आर्यन



albida[dropcap]ने[/dropcap]पाली चलचित्र नगरीमा नायक आर्यन सिग्देलको नजिकको मित्रता जोडिएको नाम हो हसन खान । लामो समयदेखी संगै देखिदै आएका तथा प्रगाड मित्रतामा रहेको यो जोडी अब पर्दामा पनि संगै देखिने भएको छ, सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नायक आर्यन र हसन खानको ‘जोइंड-भेन्चर’को रुपमा बन्ने गरी चलचित्र ‘अलबिदा’को निर्माण घोषणा गरियो । 
यो चलचित्रलाई युवा निर्देशक लक्ष्मण रिजालले निर्देशन गर्दै छन् । रिजाल ब्रदर्सको ब्यानरमा मात्र निर्देशन गरेका उनले पहिलो पटक बाहिरी प्रोजेक्टमा काम गर्न लागेका हुन् । कार्यक्रममा देखाईएको भिडियो फुटेज मार्फत नायक आर्यनले यो चलचित्रमा आफु हालसम्मका सबै चलचित्रमा भन्दा फरक रुपमा देखिन लागेको जानकारी दिए ।

मुख्यत: मुस्लिम र हिन्दु परम्परामा जोडिएको समुदायको कथा भन्ने यो चलचित्रमा आर्यन र हसन संगै नायिका अनिता आचार्य मुख्य भूमिकामा देखिनेछिन । नायिका अनिताले मुस्लिम समुदायको युवतीको भूमिकामा देखिनेछिन भने आर्यन हिन्दु समुदाएको यको युवक र हसनले मुस्लिम समुदायको युवकको भूमिकामा प्रस्तुत हुने बताईएको छ ।

चलचित्र एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुन लागेको हो । बैशाखको अन्तिम साताबाट फ्लोरमा जाने भनिएको यो चलचित्रलाई रामेश्वर कार्कीको क्यामेराले खिच्ने छ । चलचित्र ‘अलबिदा’मा संगीत तारा प्रकाश लिम्बुको रहने छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu