‘नाइँ नभन्नु ल ५’, ‘प्रसाद २’ र ‘बिहे पास’ पछि ‘बुलाकी’ले लियो नयाँ बर्षको मिति, ‘भगवत गीता’ के हुन्छ ?



काठमाडौँ।
लक्ष्मण सुनार निर्देशित नेपाली चलचित्र ‘बुलाकी’ आगामी नयाँ बर्षमा रिलिज हुने भएको छ । निर्माता टोपेन्द्र विष्टले सामाजिक संजालमार्फत रिलिज मिति सार्वजनिक गरेका छन् ।

यो चलचित्रको घोषणासँगै उक्त मितिमा बुलाकीसहित ‘नाइँ नभन्नु ल ५’, ‘प्रसाद २’, ‘बिहे पास’ र ‘भगवत गीता’ गरी पाँच चलचित्रले रिलिजको लक्ष्य लिएका छन् । यद्यपी ‘भगवत गीता’ भने सो मितिमा रिलिज नहुने अनुमान गरिएको छ । नायिका सुहाना थापा सिईओ रहेको कम्पनी त्रिनेत्रमले ‘बुलाकी’ वितरण गर्न लागेको कारण सो मितिमा भगवत गीता नआउने सम्भावना रहेको छ ।

बुलाकीमा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाइ, सरस्वती खत्री लगायतले अभिनय गरेका छन् । कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको बिषयमा यो चलचित्र केन्द्रित छ । यो चलचित्र डोल्पा, जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu