निर्माता संघले सरकारसँग राखेका मागमा चलचित्र संघको आपत्ती, कार्यदल भंग गर्ने चेतावनी



काठमाडौँ।
नेपाल चलचित्र निर्माता संघले नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बुझाएको ज्ञापन पत्रका केहि बुँदाहरुमा नेपाल चलचित्र संघले आपत्ती जनाएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै चलचित्र संघले दुबै संघका व्यवसायिक बिषयहरुमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरी अगाडी बढेको समयमा एकपक्षीय रुपमा ज्ञापन पत्र बुझाईएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, “दुबै संघले कार्यदल गठन गरी वार्ता र छलफलको क्रममा रहेको र वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको अवस्थामा हठात एकपक्षीय रुपमा नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू समक्ष बुझाईएको ज्ञापन-पत्रमा केही बुँदाहरुमा नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ ।”

एक आपसको व्यवसायिक तालमेलको लागि दुबै संघको वार्ता सकारात्मक रहेको समयमा चलचित्र संघका सदस्यहरुलाई विदेशी मुद्रा अपचलन, हुण्डी कारोबारलाई प्रोत्साहन साथै आपराधिक कार्यमा संलग्न रहेको लगायतका गम्भीर आरोप लगाएकोमा संघले घोर आपत्ती जनाउँदै निर्माता संघलाई एक हप्ताभित्र आफ्नो धारणा सार्वजनिक गर्न विज्ञप्तीमार्फत आग्रह गरिएको छ । स्पष्ट धारणा नआएका कार्यदल भंग गर्ने चेतावनी दिँदै एक हप्ताको लागि सम्पूर्ण वार्ताहरु स्थगित गरिएको विज्ञप्तीमा जनाईएको छ ।

विज्ञप्तीः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu