‘बाल चलचित्र प्रतियोगिता’ बुधबार अन्तिम दिन, सोसल मिडियामा चर्चितले पाउनेछ पुरस्कार



काठमाडौँ।
चलचित्र विकास बोर्ड र ब्रिटिस काउन्सिलको संयुक्त ‘बाल चलचित्र समिति’ले आयोजना गरेको ‘बाल चलचित्र प्रतियोगिता’ अन्तिम चरणमा पुगेको छ ।

सयौं नेपाली बालबालिकाहरुलाई बाल चलचित्रसँग परिचित गराउने परियोजना ‘क्यामेरा सिक’ अन्तर्गत सातै प्रदेशबाट छनोट भएका २८ जना मध्ये १६ जना १८ बर्ष मुनीका युवाहरुलाई कार्यशालामा प्रशिक्षण दिई जनही रु. ५०,०००/- प्रदान गरी चलचित्र बनाउन लगाईएको र ‘ओपन कल’बाट गरी जम्मा ४० वटा चलचित्रहरु प्राप्त भएको थियो । ति मध्येबाट १० वटा चलचित्र छानिएका थिए । दश वटै चलचित्रहरुलाई सोसल मिडिया क्याम्पेनिङ्ग गरी सबैभन्दा बढि लाईक, भ्यूज तथा कमेन्ट प्राप्त गर्ने एक चलचित्रलाई पुरस्कृत गरिने बाल चलचित्र समितिका सचिव चिरञ्जीवी गुरागाईंले बताए । जसको लागि बुधबार साँझ ५ बजे अन्तिम समय रहेको छ ।

छनोटमा परेका १० चलचित्रहरुलाई सहभागी गराई चलचित्र विकास बोर्डले ‘चिल्ड्रेन फिल्म फेस्टिवल २०२३’ आयोजना गर्नेछ । बालबालिकाहरुलाई चलचित्र साक्षरता दिने, उनिहरुलाई चलचित्रप्रति आकर्षित गराउने लगायतका उद्देश्यसहित सन् २०१९ बाट ब्रिटिस काउन्सिल र युकेको इन्टु फिल्मसँगको सहकार्यमा क्यामेरा सिक कार्यक्रम सुरु गरिएकोमा बोर्डबाट वि.सं. २०७९ मंसिरमा विधिवत रुपमा बाल चलचित्र समिति गठन गरिएको बोर्डका अधिकृत समेत रहेका गुरागाईंले बताए ।

यो कार्यक्रम अन्तर्गत बालबालिकाले बनाएका चलचित्रहरुले यसअघि विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई पुरस्कृत समेत भईसकेका छन् ।

चलचित्रहरु हेर्न यहाँ जानुहोस्ः

https://www.facebook.com/watch/169967133055162/568005271915670/

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu