हृदयस्पर्शी प्रेम गीत ‘मेरो माया’को भिडियो रिलिज



काठमाडौँ।
गायिका मेलिना मैनालीलाई मन पराउने संगीत प्रेमीहरूका लागि रोमाञ्चक खबर छ । उनको प्रेमपूर्ण गीत ‘मेरो माया’ को म्युजिक भिडियो यूट्युबमार्फत रिलिज भएको छ ।

हृदयस्पर्शी दृश्यहरुसहित कलाकार विक्रम बुढाथोकी र समारिका ढकालले यो भिडियोमा अभिनय गरेका छन् । गायिका मैनालीको भावपूर्ण स्वर, राजेश अर्यालले लेखेका काव्यात्मक शब्द र शैलेन्द्र एम. प्रधानको सुमधुर संगीतको संयोजनले यो गीत एक अविस्मरणीय बन्न सफल छ ।

गीतको भिडियोलाई उत्तम श्रेष्ठ (सिसिर)ले कुशलतापूर्वक निर्देशन गरेका छन् र छायांकनकर्ता मुकेश हुमागाईं, सम्पादक मिन रावल र ड्रेस डिजाइनर कुसुम बुटिकको रचनात्मक प्रतिभा देख्न सकिन्छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu