भ्रामक प्रचार गर्ने डिल्ली खनाल विरुद्द साइबर ब्युरो पुगिन् करिश्मा, अदालत पनि जाने



फाईल फोटो

काठमाडौँ।
आफुलाई रवि लामिछानेसँग जोडेर भ्रामक प्रचार गरेपछि सामाजिक सञ्जालमा भाईरल हुने उद्देश्यले जथाभावी बोल्दै आएका डिल्ली खनाल विरुद्द अभिनेत्री करिश्मा मानन्धर नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिन पुगेकी छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा खनालले अन्तरवार्ता दिएको शैलीमा भ्रामक प्रचार गरेपछि मानन्धरले उजुरी दिएकी हुन् । उजुरीमा प्रहरीले प्रेस काउन्सिलसँग सहकार्य गरेको बुझिएको छ । काउन्सिलले पनि आवश्यक छानविनको लागि फाईल अगाडि बढाएको बुझिएको छ ।

मानन्धरले खनालसहित यसबारेमा भ्रामक प्रचार गर्ने सबैविरुद्द अदालतमा मुद्दा दायर गर्ने तयारीमा रहेको बताएकी छन् । उनले उनिहरु सबैलाई हदैसम्मको कारबाही गराएरै छाड्ने बताईन् ।

लिभिङ्ग टुगेदरको प्रसंगमा मानन्धरले सोसल मिडियामा समेत पोस्ट गर्दै भनेकी छन्, “म हिन्दु हुँ । यो विचारलाई नै विस्वास नगर्ने व्यक्ति हुँ । यो अती भयो । म मेरो संसारमा खुसी छु ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu