महेश र बिनिताको ‘हल्कारा’ बैशाख २९ मा रिलिज हुने



काठमाडौँ।
नेपाली चलचित्र ‘हल्कारा’ २०८० को बैशाख २९ गते रिलिज हुने भएको छ। अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको यो चलचित्रमा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको छ।

“यो चलचित्र सत्यकथाबात प्रेरित छ । तर कथालाई सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने प्रयास गरिएको छ” निर्देशक बिक्रम सापकोटा भन्छन्, “गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छु।”

चलचित्रमा अभिनेता त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन्।

‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट बनेको थियो भने अभिनेता त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यसैगरी नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो।

फिल्मलाई निर्देशक बिक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu