साइबर सुरक्षासम्बन्धि सचेतनाका लागि ‘डिजिटल हाइजिन सेफ्टी इन द डिजिटल एरा’ कार्यशाला सम्पन्न



काठमाडौँ।
गेहेन्द्र धिमाल फाउण्डेशन र प्रोमिनेन्ट लर्नरको सहकार्यमा ‘डिजिटल हाइजिन सेफ्टी इन द डिजिटल एरा’ कार्यशाला सम्पन्न भएको छ । शनिबार चलचित्र विकास बोर्डको हलमा भएको उक्त कार्यशाला साइबर सुरक्षासम्बन्धि सचेतनाका लागि आयोजना गरिएको थियो, जसमा करिब एक सय जनाले सहभागिता जनाएका छन् ।

प्रविधिको जमानामा हरेकदिनका कामहरुमा आईपर्ने साइबरसम्बन्धी खतराबाट कसरी बच्ने, मिडिया प्रडक्शनमा साईबर सुरक्षाको खतरा, साईबर आक्रमणमा सेलिब्रेटीहरु कसरी जोगिने, हामीले हरेकपल प्रयोग गर्ने सन्जालहरु तथा डिभाईसहरुको खतरा र जोगिने उपायहरु, व्यक्तिगत सम्बन्धबाट हुने साईबर आक्रमणहरु लगायतका डिजिटल प्रयोगसम्बन्धि बिषयहरुमा कार्यशाला सम्पन्न भएको हो । जसमा प्रोमिनेन्ट लर्नरका नारायण कोइराला र सन्जिव उपाध्याय, नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश जोशी, अधिवक्ता प्रविण सुवेदी, सूचना तथा सञ्चार प्रविधि मन्त्रायलयका उपसचिव इन्द्र मैनाली लगायतले कार्यशाला सन्चालन गरेका थिए । सहजकर्ताको रुपमा चर्चित र्‍यापर निर्णय श्रेष्ठ (एनएसके) रहेका थिए ।

कलाकारिताका विभिन्न विधामा लाग्न र व्यवसायिक हिसाबले आफ्नो करिअर निर्माण गर्ने अवसरको खोजीमा रहेका युवा पुस्तालाई सहयोग पुर्‍याउँदै आएको गेहेन्द्र धिमाल फाउण्डेशनका संस्थापक अध्यक्ष गौतम धिमालले समग्र फाउण्डेसन र उद्धेश्यबारे जानकारी दिए ।

नेपाल प्रहरीको साइबर ब्युरोका डिएसपी जोशीले नेपालमा हुने अधिकांश साइबर अपराधहरु पूर्वप्रेमि प्रेमिकाको रिसिबिका कारण हुने गरेको बताए । अधिवक्ता सुवेदीले कतिपय कानूनी अड्चनका कारण साइवर अपराधका मुद्धामा समस्या हुने गरेको बताए । सूचना तथा सञ्चार प्रविधि मन्त्रायलयका उपसचिव मैनालीले सञ्चार विधेयकको मस्यौदा बनिसके पनि उक्त विधेयक पारित नहुँदा साइबरसम्बन्धी मुद्धाहरुले किनारा पाउन नसकेको बताए ।

कार्यशालाको उद्घाटनमा चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल साथै अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu