चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को साधारण सभाबाट रंग पत्रकार यज्ञशको अध्यक्षतामा नयाँ कार्यसमिति आएको छ । समाजको केहि दिन पहिले सम्पन्न साधारण सभाले यज्ञशको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।
तीन बर्षे कार्यकालको लागी आएको नयाँ समितिको उपाध्यक्षमा अच्युत कोइराला, महासचिवमा दीपेन्द्र लामा सचिवमा मनीषा न्यौपाने रहेका छन् भने कोषाध्यक्षमा स्मृति ढुंगाना सहित सदस्यहरूमा ईश्वर रौनियार, पुनम महर्जन, विष्णु शर्मा र सुक्रित नेपाल चुनिएका छन् ।
साधारणसभाबाट नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि सभासद (पार्षद्)को लागी प्रदीप भट्टराई, नारायण अमृत, रमण घिमिरे, सामीप्यराज तिमल्सेना, अनुप सुवेदी, भीम खरेल, कुन्दन चापागाईं र विनय देवकोटालाई पठाएको छ । समीक्षक समाज विगत लामो समयदेखी नेपाली रंग पत्रकारिता लगायतको विधामा समिक्षामा क्रियाशील छ ।