
काठमाडौँ।
आगामी चैत ३ गते रिलिज हुने नेपाली चलचित्र ‘हुक्का एन एब्जर्ड ड्रिम’को भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको यो चलचित्र शम्भु थापाको निर्देशनमा बनेको छ ।
पोस्टरमा प्रमुख कलाकारहरु तेज गिरी र अशु न्यौपानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । यि दुईका अलावा प्रकाश घिमिरे, प्रमिला खनाल, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेय लगायतको अभिनय यो चलचित्रमा रहेको छ ।