काठमाडौँ।
निर्माणाधिन नेपाली चलचित्र ‘जेरी अन टप’को थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पदयात्रामा रहेको पुरुषलाई देखाईएको छ ।
हेमराज बिसीले निर्देशन गर्ने यो चलचित्रमा अनमोल केसी, आना शर्मा र पुर्णिका सिजापतीको प्रमूख भूमिका रहनेछ । आठ बर्ष अघि निर्माण भएको सुपरहिट चलचित्र ‘जेरी’को सिक्वेलको रुपमा यो चलचित्र निर्माण हुन लागेको हो ।

यो चलचित्र अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माण हुनेछ भने सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन् । कथा, पटकथा तथा संवाद निर्देशक बिसी र विश्वास तिमसिनाले लेखेका छन् ।
अस्ट्रेलिया, अमेरिका र नेपालको सगरमाथा क्षेत्रमा छायांकन हुने यो चलचित्र फागुन अन्तिमबाट फ्लोरमा जानेछ ।