रिलिज भयो रामबाबुको ‘फुलबारी’, प्रिमियरमा तारिफ, दर्शकलाई कस्तो लाग्ला ?



काठमाडौँ।
चलचित्र ‘कबड्डी’का चार श्रृंखला निर्देशन गरेर सर्वाधिक व्यापारको रेकर्डसमेत राख्न सफल रामबाबु गुरुङ निर्देशित ‘फुलबारी’ यो साता प्रदर्शनमा आएको छ । यो चलचित्रको रिलिजको पूर्वसन्ध्यामा बिहिबार साँझ प्रिमियर शो को आयोजना भएको थियो ।

बिपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, अरुणा कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ, गौमाया गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रको ट्रेलर र ‘माया रैछ र’ बोलको गीतले ख्याति कमाएका छन् । जसको कारण यो चलचित्रको ‘ओपनिङ बिजनेश’मा आशा गरिएको छ ।

पारिवारिक कथामा अभिभावकप्रति सन्तानको दायित्व र कर्तव्य के हो भन्ने बोध गराउने यो चलचित्रको प्रिमियर शोबाट सुखद प्रतिक्रिया प्राप्त गरेको यो चलचित्रले अब दर्शकको मन जित्ने कसरतमा रहेको छ । प्रिमियर शो प्रायोजित हुने हुँदा त्यसबाट प्राय: सकारात्मक प्रतिक्रिया नै पाईने हुँदा विशुद्द नेपाली चलचित्रका दर्शकको प्रतिक्रियाले नै चलचित्रले कति व्यापार गर्छ भन्ने निर्धारण हुन्छ ।

यो चलचित्रमा कमल किशोर मलपानीको कथा, उपेन्द्र सुब्बाको पटकथा, कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत, जोस हेरमको छायांकन छ । मनिष ढकाल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता मणीराम पोखरेल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu