सौगात र ऋचालाई लिएर अर्जुन कुमारले ‘फाटेको जुत्ता खै’ बनाउने



निर्माता अर्जुन कुमारले एनआरएनए दुबईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र एनआरएनएका केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग सहकार्य गरेर आफ्नो सफल चलचित्र ‘फाटेको जुत्ता’को दोस्रो श्रृंखला निर्माण गर्ने भएका छन् । चलचित्र विकास बोर्डले दुबईमा आयोजना गरेको ‘नेपाली सिनेमा फेस्ट-२०२३’मा निर्माता कुमारले ‘फाटेको जुत्ता खै’ चलचित्रको घोषणा गरेका हुन् ।

चलचित्र विकास बोर्डका सदस्य समेत रहेका अर्जुन कुमार प्रस्तुतकर्ता रहने चलचित्रमा सौगात मल्ल र ऋचा शर्माको मुख्य भूमिका रहनेछ । चलचित्रको निर्देशन निकेश खड्काले गर्नेछन् । उनले ‘फाटेको जुत्ता’को पनि निर्देशन गरेका थिए भने अर्जुन कुमार निर्मित ‘चपली हाइट ३’लाई पनि उनी स्वयंले निर्देशन गरेका थिए । निकेश र अर्जुनबीच तेस्रो पटक सहकार्य हुन लागेको हो ।

आकाश बरालले लेखेको कथामा निर्माण हुन लागेको चलचित्रमा संगीत प्रवेश मालिकको रहनेछ । आगामी बैशाखबाट छायांकन सुरु गर्न लागिएको चलचित्रलाई दुबईका वितरक रमेश ढकालले मिडलिस्ट देशमा वितरणको जिम्मा लिएका छन् । निर्माता कुमार चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने दाबी गर्छन् । अहिले स्क्रिप्ट लेखनको काम भैरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu