करिश्माको उजुरीपछि पक्राउ परे डिल्लीराम खनाल



अभिनेत्री करिश्मा मानन्धरलाई रवि लामिछानेसँग जोडेर भ्रामक प्रचार गरेपछि प्रहरीको साइबर ब्यूरोले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएपछि बुधबार खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

एक युट्युब च्यानलमा खनालले करिश्माको निजी जीवनबारे भ्रामक टिप्पणी गरेका थिए । विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने साइबर ब्यूरोले जानकारी दिएको छ । अहिले प्रहरीले खनाललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

खनालले रविसँग नाम जोडेर भ्रामक प्रचार गरेपछि करिश्माले माघ २५ गते फेसबुकमा एक स्टाटस लेख्दै भनेकी थिइन्, ‘उहाँ को हो ? यो अत्ति भयो । भैहाल्यो भने । कलाकारलाई यस्तै भन्छन् भने सहेँ, सहेँ । हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु । हेरुँ नेपालको कानुन कत्तिको बलियो छ । प्रेम दाई भन्नुस म कसरी बसेको थिएँ रु लिभिङ टुगेदरमा रु म हिन्दू हुँ । यो विचारलाई विश्वास नगर्ने व्यक्ति हुँ । यो अति भयो । म मेरो संसारमा खुसी छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu