
काठमाडौँ।
नायिका सुरक्षा पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छन्। उनले गायक तथा अभिनेता मानव सुबेदीसँगको झन्डै सात बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन्।
यहि फागुन २५ गते चितवनमा वैवाहिक समारोह आयोजना हुने बताइएको छ। उक्त समारोहमा परिवार र नजिकका आफन्तलाइ मात्र डाकिने छ।
सुरक्षा र मानवले आफ्नो प्रेमलाई सार्वजनिक रुपमा अतिरन्जित कहिल्यै गरेनन्। धेरैलाई यो सम्बन्धबारे थाहा भएतापनि उनीहरु गसिपको पात्र बनेनन्।