धिरज मगर स्टारर ‘ज्याकीः आई एम ट्वान्टी वान’को फर्स्टलुक सार्वजनिक



काठमाडौँ।
वि.सं २०८० सालको बैशाख २१ गतेलाई रिलिज मिति तोक्दै नेपाली चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को फर्स्टलुक सार्वजनिक गरिएको छ । रेनशा वान्तवा राइले निर्देशन गरेको यो चलचित्रमा धिरजको साथमा जसिता गुरुङ र अरुण क्षेत्रीको पनि मुख्य भूमिका रहेतापनि फर्स्टलुकको रुपमा ल्याईएको पोस्टरमा भिडियोमा धिरज मात्र ‘फिचर्ड’ छन् ।

सार्वजनिक भिडियोलाई बिश्लेषण गर्दा यो चलचित्रले नृत्यको कथा भन्दछ र अभिनेता मगर ‘डान्सर’को भूमिकामा रहेका छन् । चलचित्रको पक्षबाट अन्य केहि खुलाईएको छैन ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानीमा बनेको यो चलचित्रको प्रस्तुतकर्ता आईकोर फिल्मस् हो ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu