राजनीतिको छक्का पञ्जामा ‘छक्का पञ्जा ४’को ट्रेलर



काठमाडौँ।
यसबर्षको प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर रिलिज भएको छ । ट्रेलरबाट यसपटकको चलचित्रले राजनीतिक गन्ध पाएको सहजै अनुमान गर्न सकिन्छ । ट्रेलरमा डिल्लिबजारस्थित चारखाल जेलबाट निस्केर राजनीति थालेका पात्र दिपकराज गिरी र शिक्षण पेशाबाट राजनीतिक अभियानमा होमिएका पात्र केदार घिमिरे प्रमुख पात्र छन् ।

यस चलचित्रमा नायिका बेनिशा हमाल पत्रकारको भूमिकामा छन् । उनले सुरुवातमा देशको व्यवस्थाको बारेमा रिपोर्टिङ गरिरहेको देखिन्छिन् भने मध्यतिर नेता गिरीको प्रेममा परेको देखिन्छिन् । अभिनेता बुद्दी तामाङ बेरोजगार विवाहित युवकको भूमिकामा देखिएका छन् । अभिनेता नीर शाह राजनैतिक दल चलाउने सिनियर नेताको रुपमा देखिन्छन् । अभिनेत्री दिपाश्री निरौलाको भूमिका भने पूर्णरुपमा खूलाईएको छैन । उनले राजनीतिक मोर्चा सम्हाल्ने भूमिका चलचित्रमा हुनसक्ने अनुमान गर्न सकिन्छ । राज आचार्य, अनुराग कुवँर, निर्मल शर्मा, रमेश बुढाथोकी लगायतका कलाकारहरु पनि ट्रेलरमा अटेका छन् ।

यसअघि सार्वजनिक भएको ‘दर्शन सलाम’ बोलको गीत सर्वाधिक चर्चामा छ । यो चलचित्रका निर्देशक हेमराज विसीले हुन् । यस चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपकराज स्वयंको कथा, पटकथा तथा संवाद छ ।

फाल्गुन १९ गते रिलिज हुने यो चलचित्र अर्को बहुप्रतिक्षित चलचित्र ‘छड्के २’सँग एकसाथ रिलिज हुँदैछ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu