स्टारडममा खरो उत्रेका अनमोलको ‘छड्के’ परिक्षा



‘छड्के–२’को पोष्टरमा अनमोल

काठमाडौँ।
नायक अनमोल केसी नेपाली चलचित्रका कलाकारमा सबैभन्दा लोभलाग्दो क्रेज भएका नायक मध्ये एक हुन् । चलचित्र यात्राको एक दशक भन्दा लामो यात्रामा उनले आफुलाई स्टारडममा खरो उतारेका छन् । उनका हरेक चलचित्र दर्शकमाझ प्रतिक्षित बन्ने गरेका छन् ।

यहि फागुन १९ गते उनि अभिनित ‘छड्के–२’ रिलिज हुँदैछ । यो चलचित्र पनि उनका अघिल्ला चलचित्र जसरी नै प्रतिक्षित बनेको छ । हिमाली जिल्ला मनाङको कथामा बनेको यो चलचित्रमा उनि ग्याङस्टर बनेका छन् । अनमोल चलचित्र भित्रका तीनवटा ग्याङमध्ये एउटा ग्याङको नाईके हुन् । चरित्रमा उनि आफ्ना अघिल्ला चलचित्रमा भन्दा अलग देखिने प्रयासमा छन् । यो चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ ।

यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका छन् । उनका अनुसार यो चलचित्रमा यार्सागुम्बाको उपयोग र दुरुपयोगको कथा रहेको छ । श्रेष्ठ भन्छन्, “स्थानीयस्तरमा प्राकृतिक स्रोतको उपयोग र त्यसको दुरुपयोगकसरी भइरहेको छ भन्ने यो चलचित्रले देखाउँछ । हामीले मनाङ पुगेर यार्सागुम्बुको कथा भनेका छौँ ।” उनि थप्छन्, “यो त एउटा प्रतिनिधि घटनामात्रै हो । देशका हरेक प्राकृतिक स्रोतमा स्थानीयस्तरमा यस्तै लडाइँ झगडा हुने गरेको छ । आ-आफ्नो ग्याङ बनाएर त्यस्तो स्रोत हत्याउने काम भइरहेको छ । यस्ता ग्याङले कहाँबाट कसको सहयोग पाउँछन् र चोखिन्छन् त्यो पनि केही हदसम्म हामीले देखाउने कोशिस गर्नेछौँ ।”

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा बनेको यस चलचित्रको ट्रेलर बुधवार सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu