‘कान्तारा’को प्रिक्वेलमा रजनीकान्त ?



निर्देशक तथा अभिनेता ऋषभ शेट्टीले हालै चलचित्र ‘कान्तारा’को प्रिक्वेल घोषणा गरेका छन् । यसैबीच यो ब्लकबस्टर दक्षिण भारतीय चलचित्रमा शेट्टीसँगै सुपरस्टार रजनीकान्त पनि देखिने बताइएको छ । यो खबर सुनेपछि फ्यानहरु निकै उत्साहित भएका छन् र छिट्टै चलचित्र रिलिजको प्रतिक्षामा छन् ।

एक कार्यक्रममा ‘कान्तारा’को सफलताको बारेमा कुरा गरिरहेको बेला ऋषभले प्रिक्वेलको स्क्रिप्टमा काम भईरहेको बताएका छन् । उनले प्रिक्वेलमा दर्शकलाई ठूलो सरप्राइज दिने बताए । उनले यसपटक अघिल्लो भागभन्दा फरक हुने बताए । यहिक्रममा शेट्टीलाई मिडियाले सोधेका थिए कि रजनीकान्त कान्ताराको प्रिक्वेलमा देखिनेछन् ? यो प्रश्नमा उनि मौन रहे, किनकी ऋषभ दर्शकसँग झुट बोल्न चाहँदैनन् । उनको मौनताले चलचित्रमा रजनीकान्त देखिने अनुमान गरिएको छ ।

कान्ताराको १०० दिन पूरा भएको अवसरमा ऋषभले यसको प्रिक्वेल घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu