सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राख्न अनुमति



Photo: Facebook

काठमाडौँ।
विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई अनुसन्धानको लागि पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। उनलाई सोमबार बिहान प्रहरीको केन्द्रीय साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध उजुरी दिएका थिए । रेग्मीलाई सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोप लगाइएको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया हुने प्रहरीले बताएको छ।

प्रतिलिपि अधिकारको बिषयलाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीच भएको विवादपछि प्रमोदलाई साथ दिने अन्य दर्जनौँ कलाकारहरु माथी समेत रेग्मीले नकारात्मक टिप्पणी गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu