चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक



काठमाडौँ ।
नेपाली चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक भएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर चलचित्रको बुधवार सार्वजनिक टिजर साढे १ मिनेट लामो छ ।

वैवाहिक जीवनमा बाँधिएका जोडीलाई रोजगारीको बिषयलाई लिएर हुने मतभेद टिजरमा देख्न सकिन्छ । यो चलचित्रका निर्देशक प्रवेश पौडेल हुन् । दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

यो चलचित्र बैशाख १ गते रिलिज हुँदैछ ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu