ढोकाबाट छिर्नै नदिने पालेदाईको प्रगतीको कामना गर्दै बिष्णु खत्रीले छोडे प्रतिष्ठान



काठमाडौँ ।
लोक तथा दोहोरी गायक बिष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल छोडेका छन् । लामो समयदेखिको विवादमा रहेका बिहिवारदेखि धादिङमा हुन लागेको प्रतिष्ठानको महाधिवेशनको अघिल्लो दिन बुधवार उनले सामाजिक सञ्जालमा लेख्दै प्रतिष्ठान औपचारिक रुपमा नै छोडेको जनाएका छन् । यो बिषयले अहिले तरंग पैदा गरेको छ ।

खत्रीले फेसबुकमा लेखेको स्टाटसमा पालेदाईले ढोकाबाट छिर्न नदिएको समेत उल्लेख गरेका छन् । यसबाट कुन हदसम्म विवाद भएको थियो भन्ने प्रष्ट भएको छ । उनले लेखेका छन्, “विगतमा मलाई नेतृत्वमा देख्न चाहेर स्वदेश तथा विदेशबाट संस्थाको प्रतिनिधिको रुपमा आई मलाई आफ्नो अमूल्य मत दिएर जितको ढोकामै पुर्‍याउनु हुने भगवानरुपी प्यारा शुभचिन्तक प्रति आत्मैदेखि उच्चकोटिको सम्मान टक्राउँदै ढोकाबाट छिर्नै नदिने पालेदाईको पनि सदा राम्रो मात्रै खबर सुन्न पाईयोस भन्ने कामनाका साथ अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णविराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु ।”

खत्री अध्यक्षको लागि आकांक्षी थिए । तर, उनले अनुजसँग लड्नुपर्ने बाध्यता आईपरेको जुन आफुले नचाहेको र अग्रजहरुले सहयोग नगरेको जनाएका छन् । खत्रीले केहि दिनमा नै समानान्तर संस्था घोषणा गर्न लागेको बुझिएको छ । प्रतिष्ठानमा यसअघि उनि संस्थामा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल महासचिव पदमा रहेका थिए ।

यस्तो छ उनले लेखेको स्टाटसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu