अर्जुनको ‘मेसो मिलाएर’मा राज र श्रद्धा



काठमाडौँ ।
अभिनेता राज कटुवाल र अभिनेत्री श्रद्धा क्षेत्रीको अभिनय रहेको म्यूजिक भिडियो ‘मेसो मिलाएर’ रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द तथा निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियो बुधवार इन्टरनेटमार्फत रिलिज भएको हो ।

यूवायूवतीबिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको पनि अभिनय छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu