
काठमाडौँ ।
आगामी बैशाख २१ गते रिलिज हुने नेपाली चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को पोस्टर रिलिज भएको छ । पोष्टरमा नायक धिरज मगर मात्र छन् । पोस्टरमा एक्लै भएतापनि मगरलाई दोहोरी चरित्रमा देखाईएको छ । आर्मी र डान्सरको भूमिकामा उनलाई पोस्टरमा राखिनुले चलचित्रको कथाको ‘क्लु’ दिएको बुझिन्छ ।
यसमा जसिता गुरुङको पनि प्रमूख अभिनय रहेको छ । यद्यपि हालसम्म सार्वजनिक प्रचार सामग्रीमा जसितालाई देखाईएको छैन । रेनशा राई रानाले निर्देशन गरेको यो चलचित्र आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।


