बर्षा र रन्जित राज वन्तको म्युजिक भिडियो ‘अनिदो रात’ रिलिज



काठमाडौँ।
अभिनेत्री बर्षा शिवाकोटी र रन्जित राज वन्तको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘अनिदो रात’ रिलिज भएको छ । लामो समयपछि म्युजिक भिडियोमा कमव्याक गरेका अष्ट्रेलिया निवासी अभिनेता वन्तले आफुले एउटा उत्कृष्ट म्युजिक भिडियो दर्शकमाझ ल्याउन सफल भएको बताए ।

गीतमा प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वर रहेको छ । शान थापाले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । बुद्ध थापाको सिमाटोग्राफी रहेको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।

अभिनेत वन्तले अष्ट्रेलियामा गोर्खे इन्टरटेनमेन्टबाट नेपाली सिनेमा रिलिज पनि गर्दै आइरहेका छन् । उनले आजसम्म ‘प्रसाद, सेल्फी किङ्ग, रोज, लभस्टेशन, प्रकाश’ लगायतका सिनेमा प्रदर्शन गरिसकेका छन् । केहीदिन अघिमात्रै उनले बैशाख १ गतेबाट प्रदर्शनमो तयारीमा रहेको सिनेमा ‘प्रसाद २’ अष्ट्रेलिया रिलिज राइट्स खरिद गरेका थिए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu