‘परस्त्री’ आगामी असार १५ मा रिलिज हुने



अभिनेत्री शिल्पा मास्के । फाइल तस्वीर।

काठमाडौँ।
नेपाली चलचित्र ‘परस्त्री’ २०८० को असार १५ मा रिलिज हुने भएको छ । सुरज पाण्डेको निर्देशनमा बनेको यस चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा लगायतको प्रमूख भूमिका रहेको छ । यसअघि यो चलचित्र कार्तिक ६ र फागुन १९ गरी दुई पटक मिति परिवर्तन भएको थियो ।

विवाहोत्तर प्रेम सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको यो चलचित्र डीएस डिजिटलको ब्यानरमा निर्माण भएको हो भने दीपेन्द्र के खनाल र शर्मिला पाण्डे निर्माता हुन् । यसका लेखक निर्माता खनाल हुन् ।

यसअघि दीपेन्द्र खनालले निर्देशन गरेको चलचित्र ‘लभ लभ लभ’मा यो चलचित्रका निर्देशक सुरज पाण्डे कलाकार थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu