एक बर्षमा रिहा भए पल शाह



रिहाईपछि पल शाह Photo: Facebook

काठमाडौँ।
अभिनेता पल शाह रिहा भएका छन्। नाबालिक बलात्कारको आरोप लागेपछि गत बर्ष फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका शाह ठिक एक बर्षमा आज तनहुँ कारागारबाट रिहा भएका हुन्।

उनको रिहाईको क्रममा परिवारका सदस्यहरु, साथीभाई तथा समर्थक उपस्थित भएका थिए। शाहको समर्थनमा नाराबाजी चलेको थियो। रिहाई भएपछि शाहले दुखको समयमा आफूलाई साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे।

आइतबार उच्च अदालत पोखराले अभियोग नपुगेको भन्दै उनलाई सफाइ दिएको थियो। न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो ।

जिल्ला अदालत नवलपुरले शाहलाई साढे दुई जेल सजाय तोकेपछि उनि कारागार चलान भएका थिए। त्यस्तै शाह माथि सोहि प्रकारको मुद्दामा जिल्ला अदालत तनहुँले पनि सफाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu