‘छड्के २’को हिप-हप गीत ‘छड्के खालास्’ रिलिज



काठमाडौँ ।
फागुन १९ गते रिलिज हुने ग्याङस्टर श्रेणीको बहुप्रतिक्षित चलचित्र ‘छड्के २’को हिप-हप गीत रिलिज भएको छ। ‘ छड्के खालास्’ बोलको यस गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । भिडियोमा कलाकारहरुको मस्ती मूड, द्वन्द्व र केहि संवादसहितका दृश्य समेटिएको छ ।

हिमाली जिल्ला मनाङको कथामा बनेको यो चलचित्रमा अभिनेता अनमोल केसी ग्याङस्टर बनेका छन् । अनमोल चलचित्र भित्रका तीनवटा ग्याङमध्ये एउटा ग्याङको नाईके हुन् । चरित्रमा उनि आफ्ना अघिल्ला चलचित्रमा भन्दा अलग देखिने प्रयासमा छन् । चलचित्रमा यार्सागुम्बाको उपयोग र दुरुपयोगको कथा रहेको छ ।

यो चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ ।

यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका छन् । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu