चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा बलामी विजयी



काठमाडौँ।
चलचित्र पत्रकार संघ नेपालको बुधवार सम्पन्न नवौँ महाधिवेशनले आगामी ३ बर्षे कार्यकालको लागि समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्ष पदको लागि संघका संस्थापक सदस्य राजन घिमिरे र पूर्वमहासचिव बलामीको उम्मेदवारी परेको थियो ।

त्यस्तै, उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी, उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भए । महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, सचिव समावेशीतर्फ उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की र सहकोषाध्यक्ष मनिष अञ्जान निर्वाचित भएका छन् ।

साथै, ६ जना खुल्ला सदस्यहरु तथा १ जना समावेशी र १ जना महिला सदस्य पनि निर्वाचित भएका छन् । सदस्यहरुमा सुरेन्द्र थापा, सीपी जैसी, अर्जुन गुरागाईं, अनुप भट्टराई, निशा बजगाईं, कृष्ण पाण्डे, सदस्य महिलातर्फ सुष्मा कार्की र सदस्य समावेशीतर्फ महम्मद जलिम निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu