सुवास रेग्मीविरुद्ध संगीतसम्बद्ध ६ संस्थाको ऐक्यबद्धता



काठमाडौँ।
सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा पक्राउ परी अनुसन्धानको लागि हिरासतमा रहेका विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी विरुद्द संगीतसम्बद्ध ६ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

फाल्गुन ८ गते पक्राउ परेका उनिविरुद्द महेशचन्द्र आचार्यले फाल्गुन ७ गते जाहेरी दिएका थिए । संगीतकर्मी संघ, संगीत उद्योग संघ, गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ र प्रस्तोता समाजले बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै रेग्मीको गतिविधिप्रति घोर भ्रत्सना गरेको जनाउदै उक्त जाहेरीउपर भएको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जालमार्फत स्रष्टा, सर्जक र कलाकारलाई लक्षित गर्दै गरिएका गालीगलौजले सांगीतिक क्षेत्र दुःखी भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले थाईल्यान्ड भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनिविरुद्द विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया भईरहेको छ । प्रतिलिपि अधिकारको बिषयलाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीच भएको विवादपछि प्रमोदलाई साथ दिने अन्य दर्जनौँ कलाकारहरु माथी समेत रेग्मीले नकारात्मक टिप्पणी गर्दै आएका थिए ।

विज्ञप्तिः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu