काठमाडौँ।
नेपाली चलचित्र ‘प्रसाद २’को फर्स्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई राखिएको छ । सुदर्शन थापाले यो चलचित्र निर्देशन गरेका छन् ।
यो चलचित्र जातिय मुद्दाको कथामा आधारित छ । यसअघि बनेको ‘प्रसाद’मा पनि जातिय मुद्दा र प्रेमकथा रहेको थियो । ‘माया भन्दा ठुलो नै क छ र’ नारासहित बनेको यो चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने सुभाष थापाको प्रस्तुति रहेको छ ।
