
काठमाडौँ।
बैशाख २१ गते रिलिज हुने नेपाली चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर रिलिज भएको छ । टिजरमा अभिनेता धिरज मगरलाई मात्र देखाइएको छ ।
टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ । बाबु र आफ्नो सपना फरक हुँदा एक यूवकले गरेको संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ । यस चलचित्रको निर्देशन रेनशा राई राणाले गरेकी हुन् ।
यसमा धिरजको साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको अभिनय छ । यसमा शुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद छ । एक यूवाको नृत्यमा भबिष्य बनाउने सपनालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।
टिजरः