अत्याधुनिक प्रविधिमा ३९१ सिटसहित सितापाईलामा सुरु भयो नयाँ चलचित्र हल



रिबन काटेर हल उद्गाटन गर्दै भुवन केसी । फोटोः ज्ञानु राई

काठमाडौँ।
संघिय राजधानीमा नयाँ चलचित्र हल थपिएको छ । अत्याधुनिक सुविधासहित काठमाडौँको नागार्जुन नगरपालिकास्थित सितापाईला चोकमा रहेको अनुपम मलको छैठौँ तल्लामा ‘सिके सिनेमाज’ शुरु भएको हो । शुक्रबार दुई नेपाली चलचित्रहरु ‘२.० छड्के’ र ‘छक्का पञ्जा ४’ रिलिज गर्दै व्यावसायिक रुपमा शुरु भएको यो हलको बिहिबार साँझ एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको थियो ।

सिके सिनेमाज प्रा.लि.ले सञ्चालनमा ल्याएको यस हलमा दुई वटा थियटर रहेका छन्, जसमा जम्मा ३९१ सिट संख्या रहेको छ । हलका सञ्चालक नरेन्द्र महर्जन हुन् भने छविलाल तिमिल्सिना, किशोर खतिवडा र बिबेक तिमिल्सिना अन्य लगानीकर्ताहरु हुन् । सञ्चालक महर्जनले करिब १२ करोड लगानीमा हल स्थापना भएको बताए ।

हल उद्गाटनको क्रममा भुवन केसी, बिराजभक्त श्रेष्ठलगायत । फोटोः ज्ञानु राई

हल उद्घाटनको लागि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संघिय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर शुसिला अधिकारी लगायतको उपस्थिति थियो । हलको उद्घाटन गर्दै अध्यक्ष केसीले चलचित्र हल सम्पूर्ण चलचित्रप्रेमीको लागि मन्दिर रहेको बताए । उनले भने, “चलचित्र हल कलाकारहरुको मात्र नभई सम्पूर्ण चलचित्रप्रेमीहरुको लागि मन्दिर हो । यो हल सञ्चालनमा आउँदा हामी निकै खुशी छौँ । शहरमा मात्र नभएर गाउँ-गाउँमा हलहरु सञ्चालन हुनुपर्दछ ।”

सांसद श्रेष्ठले आफु निर्वाचित भएको क्षेत्रमा अत्याधुनिक चलचित्र हल सञ्चालनमा ल्याएकोमा सबै जनताको तर्फबाट धन्यवाद ज्ञापन गरे । उनले भने, “यस क्षेत्रका सबै जनताको तर्फबाट सञ्चालकहरुलाई धन्यवाद र बधाई छ । हाम्रो समाज सभ्य हुनुपर्दछ । सभ्य समाजले चलचित्र हललाई आफ्नै सम्पत्ती सम्झेर रक्षा गर्नुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu