सुवास रेग्मीविरुद्द मुद्दा दायर



काठमाडौँ
विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरुद्द जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई पाँच वर्ष कैद सजायको माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो।

फाल्गुन ८ गते पक्राउ परेका उनिविरुद्द महेशचन्द्र आचार्यले फाल्गुन ७ गते जाहेरी दिएका थिए । रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले थाईल्यान्ड भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिलिपि अधिकारको बिषयलाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीच भएको विवादपछि प्रमोदलाई साथ दिने अन्य दर्जनौँ कलाकारहरु माथी समेत रेग्मीले टिप्पणी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu