ऐतिहासिक चलचित्रलाई बचाउनुपर्छः खरेल



Photo: Nepal News Bank

काठमाडौँ।
बरिष्ठ चलचित्र निर्देशक, गीतकार, लेखक एवं साहित्यकार यादव खरेलले ऐतिहासिक चलचित्रलाई बचाउन सके मात्र ईतिहास बाँच्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित ‘योगमाया’ नामक मानव शास्त्रीय अनुसन्धान मुलुक चलचित्र तथा ‘नुभिव फाउण्डेशन’सामाजिक संस्था घोषणा कार्यक्रममा बोल्दै उनले ऐतिहासिक चलचित्र हाम्रो सभ्यता, भाषा,धर्म, तथा मूलुकसँग गाँसिने हुँदा चलचित्रलाई बचाउन सके मात्र ईतिहास बचाउन सकिने बताएका हुन् ।

उनले भने ‘ऐतिहासिक चलचित्रलाई बचाउन सकेमा हाम्रो ईतिहास बच्छ हाम्रो जीवन भनेको एउटा कालखण्डमा जान्छ, मर्छ अर्को आउँछ पुस्तान्तरण हुन्छ, तर हाम्रो सभ्यतासँग, भाषा, जीवन, मूलुक, धर्म र संस्कृतिसँग गाँसिएको छ । त्यसैले यसको संरक्षण गर्नुपर्छ ।’

उनले बायोपिक चलचित्र बनाउन अत्यन्तै कठिन हुने भएकाले चलचित्र विकास बोर्ड र संस्कृति मन्त्रालयले यस्तो काममा सहयोग गर्नुपर्ने बताए । खरेल पहिलो नेपाली बायोपिक चलचित्र ‘भानुभक्त’का निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu