चर्चित कमेडियन ‘बले’का पिता ‘जापान टोकियो’ गीतका गायक राजेन्द्र लम्सालको निधन



काठमाडौँ।
चर्चित लोक गीत ‘जापान टोकियो’का गायक राजेन्द्र लम्सालको निधन भएको छ । लामो समयदेखि यूरोपको स्पेनमा बस्दै आएका लम्सालको सोमबार राति निधन भएको जानकारी प्राप्त भएको छ । उनि पछिल्लो समय ‘यूरिन इन्फेक्सन’ समस्याबाट पीडित रहेको बुझिएको छ ।

अन्तिम सँस्कारको लागि उनको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइने बताईएको छ ।

लम्सालका ‘जापान टोकियो’ सहित ‘डोरीको तीन फुदा’,‘निलो पछ्यौरी’,‘वालिङ फिरफिरे’,‘भीरको टुनी हो’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘मर्स्याङ्दीको पुल’ लगायतका दर्जनौँ गीत हिट छन् ।

उनि ‘बले’ उपनामले परिचित चर्चित कमेडियन तथा मोडल सागर लम्सालका पिता हुन् । उनका सागरसहित ३ छोरा र १ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu