
काठमाडौँ।
नेपाल चलचित्र कलाकार संघको चैत्र ४ गते हुने भनिएको १९ औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचन स्थगित भएको छ ।
हामीलाई प्राप्त सूचना अनुसार संघको नविकरण, आर्थिक प्रतिवेदन तथा अन्य विविध बिषयमा बैठकमा कुरा नमिलेपछि अधिवेशन नै स्थगित गरिएको हो ।
यसबारे जानकारी लिन संघका अध्यक्ष रबिन्द्र खड्कालाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।