
काठमाडौँ।
टिकटकमा चर्चित बनेको ‘सिरुपाते जुंगामा’ बोलको गीतको पुरा भिडियो यूट्युबमा सार्वजनिक भएको छ । गत शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश यो गीत चलचित्रको ट्रेलरमा एक टुक्का राखिएको थियो । सोहि टुक्का टिकटकमा अत्यन्तै चर्चित बनेको छ ।
गीतमा शंकर अधिकारी ‘घायल’को शब्द रचना रहेको छ भने बाबुल गिरीको स्वर तथा संगीत रहेको छ । यसमा कोरस गायन आयुष खतिवडा र पवित्रा गुरुङ्गको रहेको छ । गीतको भिडियोका कोरियोग्राफर कबिराज गहतराज हुन् ।
यस गीतको भिडियोमा दीपक र बेनिशा हमाल फिचर्ड छन् ।
भिडियोः