
काठमाडौँ।
तीन नेपाली अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र आँचल शर्माले एकसाथ चलचित्रमा अभिनय गर्ने भएका छन् । बैशाखबाट छायांकन गरिने उक्त चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।
सुलक्षण भारतीको लेखनमा बन्ने यो चलचित्रलाई रेखा स्वयंले निर्माण गर्नेछिन् । अभिनेत्री पुजा शर्माले यो चलचित्र भन्दा अगाडी अन्य कुनै चलचित्र नगर्ने बताएकी छन् । उनले यो प्रोजेक्टको लागि रेखाको सल्लाहअनुसार अगाडी बढिरहेको बताएकी छन् ।
नाम नतोकिएको यो चलचित्र महिलाप्रधान कथामा बन्न लागेको बताईएको छ ।