काठमाडौँ।
नारी दिवसको अवसर पारेर नेपाली चलचित्र ‘जुबेली’को फर्स्ट लुक सार्वजनिक गरिएको छ । गणेश देव पाण्डेले निर्देशन गरेको यस चलचित्रमा चार नारी पात्रको कथा समेटिएको बताइएको छ।

एथोलजी विधामा रहेको यस चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको प्रमूख अभिनय रहेको छ। साथमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको अभिनय रहेको छ।
फोर क्युबको ब्यानरमा बनेको यस चलचित्रलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन्।