‘तेरे नाम’ निर्देशक तथा चर्चित कलाकार सतीश कौशिकको निधन



बलिउडका चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनका नजिकका साथी तथा अभिनेता अनुपम खेरले ट्वीट गर्दै यो दुखद खबरको जानकारी दिएका छन् । उनले लेखेका छन् “मलाई थाहा छ मृत्यु यो संसारको अन्तिम सत्य हो। तर जिउँदै मेरो मिल्ने साथी सतीश कौशिकको बारेमा यो लेख्छु भनेर सपनामा पनि सोचेको थिइनँ ।”

कौशिक एक प्रसिद्ध बलिउड अभिनेता, हाँस्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए । उनको जन्म १३ अप्रिल १९६५ मा हरियाणामा भएको थियो । बलिउडमा ब्रेक आउनुअघि उनले थिएटरमा काम गरेका थिए ।

चलचित्र अभिनेताको रूपमा कौशिकले सन् १९८७ को चलचित्र ‘मिस्टर इन्डिया’बाट पहिचा पाएका थिए । यसपछि उनले सन् १९९७ मा दिवाना मस्तानामा पप्पु पेजरको भूमिका निभाएका थिए । उनले सन् १९९० मा ‘राम लखन’ र १९९७ मा ‘साजन चले ससुराल’का लागि सर्वश्रेष्ठ हाँस्य कलाकारको लागि फिल्मफेयर अवार्ड प्राप्त गरेका थिए ।

कौशिकले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए । उनले ‘रूप की रानी चोरों का राजा’ बाट निर्देशकको रुपमा डेब्यु गरेका थिए । अभिनेता कुन्दन शाहको कमेडी फिल्म ‘जाने भी दो यारों’का लागि रमाइला संवाद लेखेका थिए ।

कौशिकले‘तेरे नाम’ जस्तो सुपरहिट चलचित्र निर्देशन गरेका थिए । यसको छायांकनको सेटमा सलमान खानले सतीशलाई थप्पड हानेको चर्चा चलेको थियो । यद्यपि, सलमानले भने यो कुरा अस्विकार गरेाक थिए ।

सन् १९८५ मा उनले शशि कौशिकसँग विवाह गरे । तर बिहेपछि उनको जीवनमा दुःखको पहाड खस्यो । छोराको २ वर्षको उमेरमा मृत्यु भयो । त्यसपछि उनि सेरोगेसी मार्फत पिता बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu