गायिका समिक्षा अधिकारी लागिन् अष्ट्रेलिया, के अब पलायन भएकी हुन् ?



काठमाडौँ।
सानो उमेरमा नै हजारौँ गीतमा आफ्नो स्वर दिएकी गायिका समिक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । बुधबार अबेर सामाजिक सञ्जाल टिकटकमा भेटिएका केहि भिडियोले उनि अब लामो समयको लागि उनि अष्ट्रेलिया लागेको बुझिएको छ । यद्यपी यो समाचार तयार पार्दासम्म उनले यस बिषयमा केहि बोलेकी छैनन् ।

दिदि शर्मिला अधिकारीसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाहिर उनलाई बिदाई गर्दै गरेका केहि भिडियोहरु टिकटकमा चर्चामा रहेका छन् । ‘खत्री सुवास’ नामक टिकटक अकाउन्टबाट समिक्षालाई ‘साली’ भनिएको छ भने अन्य केहि अकाउन्टहरुबाट पनि उनलाई बिदाई गरिएका भिडियोहरु सार्वजनिक भएका छन् । भिडियो क्याप्सनमा अष्ट्रेलिया बसाई सुखमय रहोस् भनिएको छ ।

चलचित्र ‘नाई नभन्नु ल ५’को चर्चित गीत ‘बालापनको उमेर’ गाएपछि उनको व्यावसायिक गायन यात्रा सुरु भएको थियो । त्यसपछि उनले सयौँ चर्चित गीत गाईन भने एक हजार माथि गीतहरुमा आवाज दिएकी छन् । लोक, लोकदोहोरी तथा आधुनिक गीतमा जादुमय स्वर दिन सक्षम समिक्षालाई नेपाली गीतसंगीतको क्षेत्रमा अबको सुपरस्टारको रुपमा हेरिने गरिन्थ्यो ।

उनि गायिका मात्र नभएर मोडल पनि हुन् । आफ्नो गायन यात्रा उत्कर्षमा पुगेको समयमा व्यक्तिगत समस्या झेल्नु परेपछि उनि गायनमा कमै मात्रामा देखिएकी थिइन् । प्लस टु अध्ययन गर्दै गरेकी उनि एक्कासी अष्ट्रेलिया लागेको देखिँदा उनका फ्यानहरु अचम्मित परेका छन् ।

भिडियोमा टीप्पणी गर्दै केहिले सुन्दर भबिष्यको कामना गरेका छन् भने केहिले नकारात्मकता समेत देखाएका छन् । केहिले भने नेपालमा खुट्टा तान्नेहरु धेरै भएको कारण उनि पलायन हुन बाध्य भएको टीप्पणी गरेका छन् । उनले यस बिषयमा केहि नबोलेको भएतापनि उनि अब विदेशमा पलायन हुन बाध्य भएको लख काटिएको छ ।

भिडियो हेर्नुहोस्ः

Video Link: https://www.tiktok.com/@khattrisubash/video/7208115411223629057

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu