मलेशियाका नेपालीको कथा चलचित्रमा कस्तो बन्ला ?



malaysiaलेशियामा बस्दै गरेका नेपाली हरुको रहनसहन तथा परिवेशलाई जोडेर निर्माण गर्न लगिएको नेपाली चलचित्र ‘मलेशिया’को गीत रेकर्डिङ्ग सुरु भएको छ । चलचित्रको पहिलो पाईला गीत संगीत बताई अगाडी बढाईएको निर्देशन गर्ने तयारीमा रहेका अनुभवी निर्देशक सुरज सुब्बा नाल्बोले जानकारी दिए । यो चलचित्रलाई मलेशियामा बस्दै आएका एनआरएन व्यापारी कृष्ण कुमार कुरुवाङले लगानी गर्दै छन् ।

सोमवारबाट राजधानीको ‘आवर स्टुडियो’मा यो चलचित्रको गीत रेकर्डको काम सुरु गरिएको छ । यो चलचित्रमा समावेश हुने गीतहरुमा संगीत बसन्त सापकोटाले भरेका छन् भने चलचित्रमा समावेश हुने ४ वटा गीतमा स्वर राजेश पायल राई, अन्जु पन्त, दिपक लिम्बुको रहने छ । करीब ४ महिना पछि मात्रै फ्लोरमा जाने भनिएको यो चलचित्रमा नायिका तथा मोडल सगुन साहीले अभिनय गर्ने पक्का जस्तै भए पनि निर्देशक नाल्बोले कुनै कलाकारको पनि पक्का नभएको दाबी गरेका छन् ।

निर्देशक नाल्बोले कुनै कलाकारको पनि टुंगो नलागेको भने पनि गीत रेकर्डिङ्ग कार्यक्रममा समेत मिडियामा ल्याउने बाहनाकै लागी नायिका सगुनलाई बोलाएका थिए, तर सगुनले पनि गीत रेकर्डको काम हुँदैछ, भन्ने आफुलाई थाहा नभएको र निर्देशकले भेट्नु छ भनेर बोलाएकोले मात्रै त्यहा आएको दाबी गरिन् । यो चलचित्र ‘मलेशिया’मा कथा निर्माता कुमारको हो भने स्क्रिप्ट निर्देशक नाल्बोले लेखेका हुन्, चलचित्रमा नृत्य निर्देशन दिनेश पाख्रिनले गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu